Short Course With On Job Training (OJT) (कार्यगत अभ्याससहितको तालीम)

                                                                                                       

                                                                                                     कार्यगत अभ्याससहितको तालीम

 

कार्यगत अभ्याससहितको तालीम १० महिनाको हुन्छ । तालीम प्रदायक संस्थामा तालीम अवधिको आधा समय तालीम दिइन्छ भने बाँकी समय उद्योगमा नै तालीम दिइन्छ । तालीम प्रदायक संस्थामा हुने तालीममा २० जनाको एक समूह हुन्छ जसलाई योग्य र अनुभवी दुई जना प्रशिक्षकले प्रयोगात्मक कक्ष (ल्याब) र कक्षाकोठामा प्रशिक्षण दिन्छन् । तालीमको ८० प्रतिशत अवधि जीवनोपयोगी सीपहरुका सत्र र प्रयोगात्मक अभ्यासका लागि छुट्याइएको हुन्छ । 
कार्यस्थलमा गरिने तालीम (OJT) भनेको काम गर्ने मात्र नभई कामम गर्दै सीप सिक्ने हो । यस प्रकारको सिकाइमा कार्य गरियो भनी विश्लेषण गरिन्छ । साप्ताहिक रुपमा उद्योगका सुपरीवेक्षकले डायरीको जाँच गर्दछन् जसमा प्रशिक्षार्थीले दैनन्दिनको क्रियाकलाप टिपोट गरी राखेको हुन्छ र प्रमुख कार्यहरु या हप्ताका महत्त्वपूर्ण सिकाइको भने विस्तृत रुपमा विवरण राखेको हुन्छ । कार्यस्थलमा गरिने तालीम (इव्त्) लाई तालीम प्रदायक संस्थाका एक प्रशिक्षक र उद्योग सुपरीवेक्षकले नजिकबाट नियालिरहेका हुन्छन् ।

२. उद्योग व्यवसायलाई हुने फाइदाहरु
-    यो न्यून मूल्यमा हुन्छ । 
-    इन्स्योरले उद्योगको मानव संसाधनको क्षमता अभिवृद्धिका लागि सहयोग गर्दै उद्योगका कर्मचारीको विकासका लागि देन दिन्छ । 
-    रोजगारदाताले कार्यस्थलमा नै सिक्ने सिकाउने वातावरण प्राप्त गर्दछन् । 
-    तालीम प्रदायकले उद्योगलाई बोलपत्र दाखेल गर्न या साझेदार संघसंस्था बन्नका लागि सम्पर्क गर्दछन् । 

३. तालीम प्रदायक संस्थालाई हुने फाइदाहरु
-    तालीमको शुरुवातदेखि अन्त्यसम्मका लागि उद्योगसँग साझेदारी रहन्छ । 
-    गुणस्तरीय तालीम प्रदान गर्नका लागि तालीम संयोजक, प्रशिक्षक तथा इव्त् सुपरीवेक्षक लगायत कर्मचारीको क्षमता अभिवृद्धि गरिन्छ ।
-    तालीम अनुगमन अधिकृतहरुले तालमि कार्यान्वयनका क्रममा उच्चतम् गुणस्तरको तालीम सञ्चालन गर्नका लागि सहयोग गर्दछन् ।
-    अर्धदक्ष तालीम प्राप्त व्यक्तिको रोजगारी प्राप्तिका उच्च योग्यता

४. उद्योग तालीमका लागि उपलब्ध पेशाहरु
कार्यगत अभ्याससहितको तालीमका लागि हाल आठ वटा तालीम रहेका छन् । सबैको तालीम अवधि १० महिनाको छ जस करीब ५० प्रतिशत सिकाइको उपलब्धि कार्यस्थलमा काम गरेर नै प्राप्त गरिन्छ । 
१. पेशागत कुक
२. पेशागत अलुमिनियम फेब्रिकेटर
३. पेशागत वेल्डर
४. पेशागत बिल्डिङ इलेक्ट्रिसियन
५. पेशागत मेसन
६. पेशागत प्लम्बर
७. पेशागत मोटरसाइकल मेकानिक
८. पेशागत लाइट भेहिकल मेकानिक
परियोजनाले थप विषयमा तालीम प्रदान गर्ने अवस्था भएमा यससम्बन्धी जानकारी परियोजनाको वेवसाइट या फेसबुक पेजमा दिइनेछ ।


५. यो तालीम लिएकपछि
-    १० महिनामा सीटीईभीटी राष्ट्रिय सीप परीक्षण बोर्ड तह २ को दक्ष कामदार हुने
-    आवश्यक सामाग्रीयुक्त वर्कसप र ल्याबमा तालीम दिइने
-    उपयुक्त प्रशिक्षण सीपयुक्त योग्य प्रशिक्षकबाट तालीम दिइने तथा उद्योगमा भ्रमण गराइने
-    तालीम प्रदायक संस्थामा २०५ सैद्धान्तिक र ८०५ अभ्यासगत तालीम हुने
-    उद्योगमा ५०५ तालीम अवधि व्यतित हुनेहुँदा उद्योगमा कामको अनुभव प्राप्त हुने
-    कार्यस्थलमा आधारित कार्यगत तालीम अवधिमा कम्पनी प्रशिक्षकले निगरानीमा राखी सिकाउने र तालीम प्रदायका प्रशिक्षकले पनि नियमित रुपमा अनुगमनमा राख्ने 

६. तालीम लिनको लागि आवश्यक योग्यता 
-    नेपाली नागरिक हुनुपर्ने
-    महिलाको हकमा १६ देखि ४० वर्ष
-    पुरुषको हकमा १६ देखि ३५ वर्ष
-    पढाइको न्यूनतम् तह पाठ्यक्रमले तय गरेबमोजिम हुनेछ तर परियोजनाको लक्ष्य १२ कक्षाभन्दा कम पढेका युवाहरु रहेका छन् ।
-    सामाजिक तथा आर्थिक रुपले वञ्चितीकरणमा परेका समूहका युवालाई विशेष प्राथमिकता दिइनेछ । 


७. तालीममा भर्ना हुनका लागि
-   तालीम प्रदायक संस्थाले स्थानीय राष्ट्रिय पत्रिका, रेडियो, टेलिभिजनका साथै पम्प्लेट वितरण आदि माध्यमबाट तालीमका लागि आवेदनको आह्वान गर्दछन्। (यस्ता विज्ञापनमा तालीममा आवेदन दिने तरीका बताइएको हुन्छ ।)
-    दिइएको स्थानमा आवेदन फाराम भर्ने, आवश्यक कागजात बुझाउने
-    पूर्व छनौट अभिमुखीकरण कार्यक्रममा सहभागी हुने
-    छनौट प्रक्रियाको लिखित परीक्षा तथा अन्तरवार्तामा सहभागी हुने
-    सम्बन्धित तालीम प्रदायक संस्थाले छानिएका उम्मेदवारहरुको नामावली प्रकाशित गर्दछन् र उनीहरुलाई जानकारी गराउँदछन् ।