Apprenticeship (औद्योगिक प्रशिक्षार्थी तालीम)
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद
दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना
औद्योगिक प्रशिक्षार्थी तालीम (Apprenticeship)
Call our toll free number for details at: 16600100222
औद्योगिक प्रशिक्षार्थी तालीम (Dual VET-Apprenticeship) को परिचय
औद्योगिक प्रशिक्षार्थी तालीम भनेको औद्योगिक प्रतिष्ठान/व्यवसाय/रोजगारदाता संघ र तालीम प्रदायक संस्थाहरुद्वारा स्वीकृत पाठ्यक्रम अनुसार सञ्चालन गरिने दोहोर प्रकारको तालीम प्रक्रिया हो । यस तालीम प्रक्रियामा औद्योगिक प्रशिक्षार्थीहरुले प्रारम्भिक चरणमा तालीम प्रदायक संस्थामा सामान्य शिक्षाका साथै पेशागत सैद्धान्तिक ज्ञान प्राप्त गर्दछन् भने दोस्रो चरणमा औद्योगिक प्रतिष्ठान /रोजगारदाता संस्था/वर्कसपमा आधारभूत सीप र कामसँग सम्बन्धित दृष्टिकोणका बारेमा सिक्दछन् । दुई वर्षमा तालीम सम्पन्न हुँदा प्रशिक्षार्थीहरुले उद्योगव्यवसायमा उच्च माग रहेका क्षमताको विकास गरिसकेका हुन्छन् र स्वीकृत पाठ्यक्रम अनुरुप एक योग्यता हासिल गर्दछन्।
प्रशिक्षार्थीहरुको योग्यता
यस तालीममा सहभागी हुन चाहने उम्मेदवारको योग्यताः
नेपाली नागरिक हुनुपर्ने (१६ देखि २५ वर्ष)
१० कक्षा पास या माध्यमिक शिक्षा परीक्षा (क्भ्भ्) मा सहभागी भएको हुनुपर्ने
सीटीईभीटीले सञ्चालन गरेको प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने
अन्तर्वाता र अभिक्षमता (एप्टिच्युड) परीक्षण उत्तीर्ण गर्नुपर्ने
मानसिक र शारीरिक रुपमा पाठ्यक्रमले तोकेको कार्य गर्नसक्ने
महिला तथा कमजोर आर्थिक अवस्था भएका आवेदकलाई प्राथमिकता दिइनेछ ।
तालीम सञ्चालन प्रक्रिया
औद्योगिक प्रशिक्षार्थी तालीमको अवधि २४ महिना रहेको छ । प्रशिक्षार्थीले तालीम अवधिको शुरुको ३ महिना जति तालीम प्रदायक संस्थामा सामान्य शिक्षा र पेशागत सैद्धान्तिक विषयहरु सिक्नेछन् । यसपछिका २० महिना उद्योगव्यवसायमा आधारभूत सीप र पेशागत अभिवृत्ति सिक्नेछन् । प्रशिक्षण अवधिको अन्तिम महिनामा भने प्रशिक्षार्थीले तालीम प्रदायक संस्थामा नै गई आफ्ना अनुभवहरु साट्न्े, उद्योगमा सिक्न नपाएका या छुट भएका सीप सिक्नेछन् । यो अवधि उनीहरुलाई अन्तिम परीक्षाका लागि तयारी गर्न पनि सहयोगी हुनेछ ।
प्रशिक्षार्थीको मूल्याङ्कनका लागि प्रत्येक विषयको पाठ्यक्रम पूर्णाङ्क र प्राप्ताङ्क तोकिई सैद्धान्तिक र व्यवहारिक तालीमका परीक्षा हुनेछन् । तालीमको क्रममा प्रशिक्षार्थीका लागि तीन वटा आन्तरिक परीक्षा तालीम प्रदायक संस्थाले सञ्चालन गर्नेछ । तालीम अवधिपछि अन्तिम परीक्षा हुनेछ जसको सञ्चालन परिषद अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले गर्नेछ ।
मूल्यांकन र प्रमाणपत्र
औद्योगिक प्रशिक्षार्थीहरुलाई पाठ्यक्रम अनुसारको मूल्याकंनको मापदण्ड अनुसार प्रमाणपत्र प्रदान गरिनेछ । प्रशिक्षार्थीहरुको कार्य सम्पादन, अनुगमन तथा सुपरीवेक्षण सम्पूर्ण तालीम अवधिमा निरन्तर रुपमा कम्पनी प्रशिक्षकले गर्नेछन् र उनीहरुको कामको गुणस्तर बढाउन आवश्यक सुझावसल्लाह दिनेछन् । पहिला तीन परीक्षामा सैद्धान्तिक ज्ञानका लागि तालीम प्रदायक संस्थामा प्रशिक्षकले तालीम प्रदायक संस्थामा परीक्षा लिनेछन् । अन्तिम परीक्षा २४ महिने तालीमको अन्त्यमा सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयले लिनेछ । औद्योगिक प्रशिक्षार्थीले सबै आन्तरिक परीक्षा उत्तीर्ण गरेपछि मात्र अन्तिम परीक्षा दिन पाउँनेछन् । परीक्षाको अंक तालिका निम्नानुसार हुनेछ :
क्र.सं. विवरण आन्तरिक परीक्षा अन्तिम परीक्षा उत्तीर्णांक
१ सैद्धान्तिक ५० % ५० % ४० %
२ अभ्यासगत ५० % ५० % ५६ %
३ औद्योगिक अभ्यास १०० % ६० %
परीक्षा उत्तीर्ण गर्न सफल औद्योगिक प्रशिक्षार्थीहरुले प्राविधिक एसएलसी (TSLC) को प्रमाणपत्र प्राप्त गर्नेछ ।
वृत्ति पथ
परीक्षा उत्तीर्ण गर्न सफल औद्योगिक प्रशिक्षार्थीहरुले सम्बन्धित उद्योगमा तालीम लिएको पेशाको काम गर्न सक्नेछन् । उनीहरु राष्टिय योजना आयोग नेपालले व्यवस्था गरेको प्रावधान अनुरुप राजपत्र अनंकित दोस्रो या चौथो तह (प्राविधिक) पदमा आवेदनका लागि योग्य हुन्छन् । साथै, यस औद्योगिक प्रशिक्षार्थी तालीम एक औपचारिक शिक्षा भएकाले यसले भविष्यमा अन्य शैक्षिक तहमा अध्ययन गर्न उनीहरुको योग्यता दिलाउँछ ।
परियोजनाका सम्बन्धमा
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद अन्तर्गत सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप (Enhanced Skills for Sustainable and Rewarding Employment- ENSSURE) परियोजना नेपाल सरकार र स्वीस सरकारबीचको सम्झौता बमोजिम सञ्चालित परियोजना हो । विश्वव्यापी रुपमा नै औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रमले प्राविधिक शिक्षा र व्यावसायिक तालीम (TVET) क्षेत्रका सरोकारवालाहरु मुख्यतः उद्योगव्यवसायीलाई सीप विकासको प्रक्रियामा नजिक ल्याउन सक्षम एक सफल मोडेल हो । कार्यगत अभ्याससहितको तालीम, कामदारहरुका लागि थप तालीम र साझेदार संस्थाका पेशागत सुरक्षा र मानव संसाधन व्यवस्थापन योजनाका लागि पनि आवश्यक सहयोग गर्दछ । थप जानकारीका लागि तल दिइएको फोन नम्बर, टोल फ्री नम्बर या इमेल ठेगानामा सम्पर्क गर्नुहोस् ।